सुप्रिम हेल्थ केयर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले प्रति सेयर अंकित मूल्य रू. १०० का दरले कुल १२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्नेछ।
यस प्रयोजनका लागि सुप्रिम हेल्थ केयर लिमिटेडले सोमबार ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ। सम्झौतामा सुप्रिम हेल्थ केयरको तर्फबाट कार्यकारी सञ्चालक मुकेश शर्मा र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले हस्ताक्षर गरेका छन्।
विगत ६ वर्षदेखि लगातार नाफा कमाउँदै आएको सुप्रिम हेल्थ केयर लिमिटेड प्रतिष्ठित व्यक्तित्वहरूको प्रवर्द्धनमा स्थापना भएको कम्पनी हो। यो कम्पनी वि.सं. २०६६ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई औपचारिक रूपमा सञ्चालनमा आएको हो। यसको केन्द्रीय कार्यालय बारा जिल्लाको परवानीपुरमा रहेको छ भने सम्पर्क कार्यालय काठमाण्डौंको गहनापोखरीमा रहेको छ।
नेपालकै अग्रणी औषधि उत्पादक कम्पनीको रूपमा स्थापित सुप्रिम हेल्थ केयर लिमिटेडले ट्याब्लेट, क्याप्सुल, क्रीम, लोशन र सोलुसनजस्ता ८५ भन्दा बढी उत्पादन ३५ भन्दा बढी उपचारात्मक श्रेणीमा उत्पादन तथा वितरण गर्दै आइरहेको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले निःशुल्क स्वास्थ्य शिविर, औषधि वितरण तथा स्वास्थ्य साक्षरताका विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)
प्रतिकृया