सर्वोच्च अदालतले ताप्लेजुङको पाथिभरा क्षेत्रमा निर्माणाधीन केबलकार परियोजना यथास्थितिमा रोक्न आदेश दिएको छ। न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले निर्माण कार्यलाई तत्काल अघि नबढाउन निर्देशन जारी गरेको हो।
यामबहादुर लिम्बूले दायर गरेको रिट निवेदनमा अदालतले विपक्षीलाई छलफलका लागि बोलाउने आदेश समेत दिएको छ। आदेशमा उल्लेख भएअनुसार, “निवेदकले अन्तरिम आदेश जारी गर्न माग गरेको सन्दर्भमा उठाइएका विषयहरूको प्रकृति र गम्भीरता हेर्दा, दुवै पक्षको सुनुवाइ आवश्यक देखिन्छ। तसर्थ, हालसम्म भएका सम्पूर्ण कार्यहरू यथास्थितिमा राखी अन्तरिम आदेश सम्बन्धमा छलफलका लागि २०८१/१२/२६ गतेको पेशी तोकिएको छ। सो जानकारी विपक्षीहरूलाई समेत दिनु,” भनिएको छ।
यस आदेशपछि व्यवसायी चन्द्र ढकालको कम्पनीद्वारा निर्माण भइरहेको विवादित केबलकार परियोजना तत्कालका लागि रोकिएको छ। स्थानीयको अवरोधका बीच अघि बढिरहेको यो परियोजना पहिचानवादी समूहहरूको विरोधका कारण न्यायिक निकायमा पुगेको थियो।
















प्रतिकृया