दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्वोच्चले भन्यो, “२४ घण्टाभित्र लिखित जवाफ सहित उपस्थित हुनु”

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्वोच्चले भन्यो, “२४ घण्टाभित्र लिखित जवाफ सहित उपस्थित हुनु”
AdvertisementAds

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण मुद्दामा २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफसाथ उपस्थित गर्न आदेश दिएको छ। न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले बुधबार उक्त आदेश जारी गर्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत उपस्थित हुन भनिएको हो।

आदेशमा उल्लेख छ, “निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो? यदि आदेश जारी गर्नुपर्ने होइन भने, त्यसको आधार र कारणसहित विपक्षी नं १ र २ लाई २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफसाथ उपस्थित हुन र अन्य विपक्षीहरूको हकमा पनि सोही समयमा लिखित जवाफ पेस गर्न आदेश दिइएको छ।”

प्रसाईंका छोरा, निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतमा दर्ता गराएका थिए, र सोही मुद्दामा उक्त आदेश जारी भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स