सर्वोच्च अदालतले अर्थमन्त्री रामेश्वर खनालविरुद्ध अवहेलना मुद्दा दर्ता गर्न आदेश दिएको छ। निलम्बित बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले दायर गरेको अवहेलनासम्बन्धी पुरक रिट दर्ता गर्न प्रशासनले अस्वीकार गरेपछि न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पाखरेलको इजलासले मुद्दा दर्ता गर्न निर्देशन दिएको हो।
सरकारले भदौ २ गते ओझालाई अध्यक्ष पदबाट बर्खास्त गरेको थियो। त्यसअघि नै निलम्बनविरुद्ध उनी सर्वोच्च पुगेका थिए। बर्खास्तीविरुद्ध दायर रिटमा सर्वोच्चले असोज २६ सम्मका लागि बर्खास्ती कार्यान्वयन रोक्न अन्तरिम आदेश दिएको थियो। आदेशको प्रतिलिपी बुझाएर प्राधिकरणमा हाजिर हुन गएकामा अर्थ मन्त्रालयले असोज २ मा उनलाई कार्यालय प्रवेश गराउन नदिन निर्देशन दिएको थियो।
यसलाई अदालतको आदेश अवहेलना ठान्दै ओझा पुनः सर्वोच्च पुगेका हुन्। अदालतले भदौ २३ को आदेश कार्यान्वयन गर्न र मंसिर १६ मा छलफलका लागि हाजिर हुन अर्थ मन्त्रालयलाई पत्राचार पनि गरेको छ।
बीमा प्राधिकरणका अध्यक्षबारे छानबिन गर्न सरकारद्वारा असार ३० गते पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा बनाइएका समितिले ओझालाई स्वतः निलम्बनमा पारेको थियो। उनी १२ मध्ये छानिएका तीन उम्मेदवारलाई पछि पार्दै २०८१ फागुनमा अध्यक्ष बनेका थिए।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया