अदालतको अवहेलना मुद्दामा महेश बस्नेतलाई लिखित जवाफ बुझाउन सर्वोच्चको आदेश

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १ गते
अदालतको अवहेलना मुद्दामा महेश बस्नेतलाई लिखित जवाफ बुझाउन सर्वोच्चको आदेश
AdvertisementAds

सर्वोच्च अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतलाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले बस्नेतसँग अदालतको अवहेलना सम्बन्धी लिखित जवाफ माग्ने निर्णय गरेको हो।

गत बुधबार अधिवक्ता लबन न्यौपानेले बस्नेतविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दायर गरेका थिए। मुद्दा यसकारण दायर गरिएको थियो कि बस्नेतले सर्वोच्चका न्यायाधीशहरूलाई लक्षित गर्दै प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा विचाराधीन रहँदै अभिव्यक्ति दिएका थिए।

माघ ११ गते प्रेस चौतारी नेपालमा आयोजित कार्यक्रममा बस्नेतले प्रधानन्यायाधीशसहितका न्यायाधीशहरू ‘लाग्दै नलागेको रोग लागेर गायब हुने, न्यायिक प्रक्रिया ढिला गर्ने, दबाबमा पर्नेलगायतको व्यवहार गर्ने’ जस्ता अभिव्यक्ति दिएका थिए। साथै उनले ‘हामी वैदेशिक आक्रमणमा छौँ र हाम्रो सर्वोच्च, उच्च तथा जिल्ला अदालतहरू मात्र होइन, सम्पूर्ण न्याय प्रणाली जलेको छ’ भन्ने अभिव्यक्ति दिँदै अदालतप्रति सार्वजनिक रूपमा हुर्मत लिएको उल्लेख रिटमा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स