सर्वोच्चको आदेशपछि सापकोटामाथि लामाको हत्या प्रकरणमा अनुसन्धानको बाटो खुल्यो

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २२ गते
सर्वोच्चको आदेशपछि सापकोटामाथि लामाको हत्या प्रकरणमा अनुसन्धानको बाटो खुल्यो

माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा प्रहरीले अनुसन्धान गर्न पाउने गरी सर्वोच्च अदालतले उत्प्रेषण आदेश जारी गरेको छ।

१४ वर्षदेखि विचाराधीन रिटहरूमा संवैधानिक इजलासले सुनुवाइ गर्दै सापकोटासहित पूर्वऊर्जामन्त्री सूर्यमान दोङविरुद्ध फौजदारी अनुसन्धान गर्न आदेश दिएको हो। अर्जुन लामाकी पत्नी पूर्णिमाया लामाले दिएको किटानी जाहेरी र मानवअधिकारकर्मीहरूले दायर गरेका रिटका आधारमा सर्वोच्चले अनुसन्धान अघि बढाउन सरकारलाई परमादेश दिएको हो।

अब प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाउन सक्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स