insta insta

ताङतिङ इन्भेष्टमेन्टको प्राप्ति प्रक्रिया अगाडि बढाउने तयारीमा सुपर मादी हाइड्रोपावर

ताङतिङ इन्भेष्टमेन्टको प्राप्ति प्रक्रिया अगाडि बढाउने तयारीमा सुपर मादी हाइड्रोपावर
Advertisement Ads

सुपर मादी हाइड्रोपावर लिमिटेडले ताङतिङ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको स्वामित्व प्राप्ति (एक्विजिसन) गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। निर्णय अनुसार सुपर मादी हाइड्रोपावर र ताङतिङ इन्भेष्टमेन्टबीच समझदारीपत्रमा हस्ताक्षर गरी प्राप्ति प्रक्रिया अगाडि बढाइनेछ।

कम्पनीका अनुसार ताङतिङ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड हाल सुपर मादी हाइड्रोपावरको सेयरधनी मात्र रहेको कम्पनी हो र यो दोस्रो बजारमा सूचीकृत छैन। साथै, सुपर मादी हाइड्रोपावर लिमिटेडले आफ्ना आधारभूत सेयरधनीहरूको विवरणसमेत संलग्न गरी सम्बन्धित जानकारी गराएको जनाएको छ।

Screenshot 15 12 2025 125549 www.nepalstock.com https://bajarkochirfar.com/super-madi-hydropower-prepares-to-move-forward-with-tangting-investment-acquisition-process | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स