वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न

सुपर खुदी हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड गरेको छ। कम्पनीले पहिलो चरणमा पुस २२ गतेदेखि २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। तोकिएको अवधिभित्र रीतपूर्वक आवेदन दिएका १५ हजार ५०० जना वैदेशिक रोजगारीमा रहेका नेपालीलाई माघ ४ गते आईपीओ बाँडफाँड गरिएको हो।

कम्पनीका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीबाट मागभन्दा ६.७१ गुणा बढी आवेदन परेको थियो। यस क्रममा ७१ हजार ७२० जना आवेदकबाट १० लाख ३९ हजार ७६० कित्ता सेयर खरिदका लागि आवेदन परेको कम्पनीले जानकारी दिएको छ।

यससँगै कम्पनीले आयोजना प्रभावित लमजुङ जिल्लाका स्थानीयका लागि १५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गरेको छ। स्थानीयका लागि निष्काशन गरिएको आईपीओमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ। स्थानीयतर्फ निष्काशन गरिएको सेयरमध्ये मस्र्याङ्दी गाउँपालिका वडा नम्बर २ र ३ का स्थानीयलाई ६ लाख २० हजार कित्ता र बाँकी ९ लाख ३० हजार कित्ता मस्र्याङ्दी गाउँपालिका वडा नम्बर १, ४, ५, ६, ७, ८ र ९ का स्थानीयका लागि छुट्याइएको छ।

स्थानीय आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। सुपर खुदी हाइड्रोपावरले कुल ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गर्न अनुमति पाएको छ।

614502796 859155300276604 7719743917682359346 n rotated e1768717800423 https://bajarkochirfar.com/super-khudi-hydropowers-ipo-allotment-for-nepalis-employed-abroad-completed | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स