सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो आठौँ र नवौँ वार्षिक साधारण सभा एकैपटक आगामी पुस २५ गते आयोजना गर्ने भएको छ।
कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले दुई आर्थिक वर्षको साधारण सभा एकैसाथ गर्ने निर्णय गरेको हो। साधारण सभा काठमाडौँको कालिकास्थानस्थित अमृतभोग केटरर्समा बिहान साढे १० बजेदेखि सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्ता पुँजीको कुल २०.२६३२ प्रतिशत लाभांश वितरण प्रस्ताव अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र करसहित १५.२६३२ प्रतिशत नगद लाभांश रहेका छन्।
यसैगरी, सभाले कम्पनीको अधिकृत पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्दा नियमनकारी निकायबाट प्राप्त निर्देशन र सुझावअनुसार आवश्यक परिवर्तन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गरिनेछ।
सभामा आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरिनेछ। साथै, चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ।
लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार पुस १३ गतेसम्म कायम सेयरधनी मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।






![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?fit=640%2C480&ssl=1)



![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)



प्रतिकृया