अब अर्थमन्त्रीलाई भेट्नुअघि अनिवार्य अपोइन्टमेन्ट, क्यूआर कोडबाटै समय बुक गर्नुपर्ने

अब अर्थमन्त्रीलाई भेट्नुअघि अनिवार्य अपोइन्टमेन्ट, क्यूआर कोडबाटै समय बुक गर्नुपर्ने
Advertisement Ads

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरोकारवाला, विशिष्ट महानुभाव तथा सर्वसाधारण आगन्तुकसँगको भेटघाटका लागि निश्चित दिन र समय निर्धारण गरेका छन्।

अर्थमन्त्रीको सचिवालयले सार्वजनिक गरेको सूचनाअनुसार अब भेटघाट हरेक मंगलबार, बुधबार र बिहीबार अपराह्न ४ बजेदेखि ६ बजेसम्म हुनेछ। भेटघाटलाई व्यवस्थित र सहज बनाउन यो व्यवस्था लागू गरिएको सचिवालयले जनाएको छ।

सचिवालयले इच्छुक आगन्तुकलाई उपलब्ध गराइएको क्यूआर कोडमार्फत भेटघाटको विषय उल्लेख गरी अग्रिम समय तालिका (अपोइन्टमेन्ट) निर्धारण गर्न अनुरोध गरेको छ।

पूर्वनिर्धारित समय तालिकाअनुसार नै भेटघाट सञ्चालन गरिने भएकाले सम्बन्धित सबैलाई सोही व्यवस्था पालना गर्न सचिवालयले आग्रह गरेको छ।

WhatsApp Image 2026 07 22 at 18.29.12 https://bajarkochirfar.com/now-before-meeting-the-finance-minister-it-is-mandatory-to-book-an-appointment-through-qr-code | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स