नामै तोकेर पक्राउ गरिँदैछ भन्ने हल्ला पूर्ण रूपमा असत्य हो: अर्थमन्त्रीका जनसम्पर्क सल्लाहकार

नामै तोकेर पक्राउ गरिँदैछ भन्ने हल्ला पूर्ण रूपमा असत्य हो: अर्थमन्त्रीका जनसम्पर्क सल्लाहकार

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका स्वकीय उपसचिव तथा जनसम्पर्क सल्लाहकार नवीन ढुंगानाले सेयर बजारका लगानीकर्तालाई अफवाह र भ्रामक प्रचारको पछि नलाग्न आग्रह गरेका छन्। नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा सार्वजनिक सन्देश जारी गर्दै उनले बजार घट्दा लगानीकर्तामा निराशा र आक्रोश देखिनु स्वाभाविक भए पनि हल्लाका आधारमा निर्णय नगर्न आग्रह गरेका हुन्।

ढुंगानाले सेयर बजार अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै अहिले अर्थतन्त्रका धेरै सूचक सुधारोन्मुख रहेको बताएका छन्। बजारमा पर्याप्त तरलता रहेको, ब्याजदर घटेको, नियमित ठूलो आम्दानी हुनेलाई आयकर छुट दिएर खर्च र लगानी बढाउने नीति लिइएको, राजस्व विवादमा परेकालाई ऐतिहासिक छुटमार्फत पुनः व्यवसाय सुरु गर्ने अवसर दिइएको तथा देशमा स्थिर सरकार, विज्ञ अर्थमन्त्री र नियमनकारी निकायमा सक्षम तथा पारदर्शी नेतृत्व रहेको उल्लेख गरेका छन्।

उनले नियमनकारी निकायहरूले सेयर बजार सुधारका योजना कार्यान्वयन गरिरहेको र बजारमा अनियमितता गरेर हर्षद मेहताको शैलीमा वितण्डा मच्चाउने समूह अनुसन्धानको दायरामा आएको पनि बताएका छन्। यद्यपि, बजार राम्रोसँग चलिरहेको छैन भन्ने गलत भाष्य निर्माण गरी केही समूहले परिस्थितिजन्य लाभ लिन भ्रामक प्रचार गरिरहेको दाबी गरेका छन्।

ढुंगानाले नाम नै तोकेर फलानो पक्राउ पर्दैछ वा फलानोमाथि अनुसन्धान भइरहेको जस्ता प्रायोजित हल्ला फैलाइएको सूचना पाएको उल्लेख गर्दै सरकारले त्यसरी काम नगरेको स्पष्ट पारेका छन्। क्लबहाउस, ह्वाट्सएप, म्यासेन्जर समूह वा आफूलाई बजार नेता भनेर चिनाउने व्यक्तिहरूलाई सरकारी सूचनाको आधिकारिक स्रोत नमान्न पनि आग्रह गरेका छन्।

सेयर बजारमा लगानी गर्नुअघि पर्याप्त अध्ययन गर्न, अफवाहको पछि नलाग्न र आवश्यक जानकारीका लागि आधिकारिक सरकारी निकायसँग मात्र सम्पर्क गर्न उनले लगानीकर्तालाई आग्रह गरेका छन्।

Screenshot 2026 07 17 083919 https://bajarkochirfar.com/rumors-that-arrests-are-being-made-by-name-are-completely-false-public-relations-advisor-to-the-finance-minister | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
1 Comment
Oldest
Newest Most Voted
Anonymus
Anonymus
41 minutes ago

😂 😂 😂 😂 don’t try to mock people
May be your side people will be mocked
But we will not
Scammer wagle

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स