प्रधानमन्त्री शाहले गभर्नरलाई भने– सेयर बजारको मनोबल बढ्ने गरी काम गर्नुहोस्, गभर्नरले भने– हुन्छ!

प्रधानमन्त्री शाहले गभर्नरलाई भने– सेयर बजारको मनोबल बढ्ने गरी काम गर्नुहोस्, गभर्नरले भने– हुन्छ!
Advertisement Ads

 प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गर्दै आगामी दिनमा मौद्रिक नीतिमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक सहजीकरण र लचकता अपनाउन सुझाव दिएका छन्। सिंहदरबारमा बिहीबार करिब एक घण्टा भएको भेटमा प्रधानमन्त्रीले सरकार र केन्द्रीय बैंकबीचको प्रभावकारी सहकार्यबाट आर्थिक आत्मविश्वास बढाउनुपर्नेमा जोड दिए।

भेटका क्रममा प्रधानमन्त्री शाहले सेयर बजारका लगानीकर्ताको मनोबल बढ्ने गरी मौद्रिक नीतिका सीमाहरू खुकुलो पार्न, बैंकको ब्याजदर र कर्जा सर्तलाई उद्यममैत्री बनाउन तथा निजी क्षेत्रको लगानी विस्तार हुने वातावरण सिर्जना गर्न सुझाव दिएका छन्।

उनले महिला तथा पिछडिएका क्षेत्रका उद्यमीलाई सहुलियतपूर्ण कर्जामा विशेष प्राथमिकता दिँदै उनीहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउन मौद्रिक उपकरण प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने आवश्यकता पनि औँल्याए।

जवाफमा गभर्नर डा. पौडेलले राष्ट्र बैंक मौद्रिक नीतिलाई थप व्यावसायिक, लचिलो र अर्थतन्त्रमैत्री बनाउने दिशामा प्रतिबद्ध रहेको बताए। उनले सेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्म कसैलाई पनि अप्ठ्यारो नपर्ने गरी नीतिगत सहजीकरण गरिने र अर्थतन्त्रलाई गति दिन आवश्यक कदम चालिने बताए।

Screenshot 2026 07 16 200031 https://bajarkochirfar.com/prime-minister-shah-told-the-governor-work-to-increase-the-morale-of-the-stock-market-the-governor-said-yes | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
Jit bahadur rai
Jit bahadur rai
30 days ago

Happy

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स