insta insta

दीपक भट्ट र सुलभ अग्रवाल तत्काल रिहा नहुने

दीपक भट्ट र सुलभ अग्रवाल तत्काल रिहा नहुने
Advertisement Ads

जिल्ला अदालत काठमाडौंले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई बीमा तथा धितोपत्रसम्बन्धी तीन फरक मुद्दामा धरौटीमा छाड्न आदेश दिएको छ। सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा विशेष अदालतको आदेशले उनीहरु थुनामै छन् ।

न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बीमा सम्बन्धी कसुरमा सुलभ अग्रवालसँग २ करोड र दीपक भट्टसँग १ करोड ५० लाख रुपैयाँ धरौटी माग गरेको छ। यस्तै, धितोपत्र सम्बन्धी अर्को मुद्दामा अग्रवालसँग १ करोड ५० लाख र भट्टसँग १ करोड रुपैयाँ धरौटी माग भएको छ। यस्तै, धितोपत्र सम्बन्धी अर्को मुद्दामा अग्रवालसँग २ करोड ३० लाख रुपैयाँ माग भएको छ।

धरौटी माग भए पनि उनीहरू तत्काल रिहा भने हुने छैनन्। सम्पत्ति शुद्धीकरणको कसुरमा यसअघि विशेष अदालतले उनीहरूलाई पुर्पक्षमा थुनामा पठाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
Suresh
Suresh
1 month ago

देशमा सुसासन कसरी आउछ? अरबौको घोटलामा मुद्दा चलेको करोड धरौटीमा रिहा हुन्छ। अनी यीनलाई भ्रस्चारको उन्माद नचढे कस्लाई चढ्छ?

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स