संस्थापकबाट आवेदन नपरेपछि इन्फिनिटी लघुवित्तले सर्वसाधारणका लागि बिक्रीमा राख्यो सेयर

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण ६ गते
संस्थापकबाट आवेदन नपरेपछि इन्फिनिटी लघुवित्तले सर्वसाधारणका लागि बिक्रीमा राख्यो सेयर
AdvertisementAds

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत समूहअन्तर्गतको १३ हजार २५८ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। उक्त सेयर खरिदका लागि व्यक्ति तथा कम्पनी दुवैले आवेदन दिन सक्नेछन्।

यसअघि यही सेयर विद्यमान संस्थापक सेयरधनीहरूलाई खरिदका लागि प्रस्ताव गरिएको थियो। तर, तोकिएको अवधिमा कुनै आवेदन नपरेपछि संस्थाले सर्वसाधारणबाट खरिद प्रस्ताव आह्वान गरेको हो।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको सेयर संख्यासहितको निवेदन नवलपरासीको गैँडाकोटस्थित संस्थाको केन्द्रीय कार्यालयमा पुग्ने गरी पेश गर्नुपर्नेछ।

सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बोलपत्र आवेदन दर्ता गरिसक्नुपर्ने संस्थाले जनाएको छ। संस्थापक समूहको सेयर बिक्री मूल्य भने प्रचलित नियमानुसार निर्धारण हुने उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स