insta insta

आजदेखि बढ्यो पुँजीगत लाभकर, अब सेयर बेच्दा कति तिर्नुपर्छ ?

आजदेखि बढ्यो पुँजीगत लाभकर, अब सेयर बेच्दा कति तिर्नुपर्छ ?
Advertisement Ads

नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै आज (साउन १) देखि सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर (Capital Gains Tax) को नयाँ व्यवस्था कार्यान्वयनमा आएको छ। आर्थिक विधेयक २०८३ मार्फत सरकारले सेयर तथा घरजग्गा बिक्रीमा लाग्ने लाभकरको दर बढाएको हो।

नयाँ व्यवस्थाअनुसार सूचीकृत कम्पनीका धितोपत्र (सेयर) बिक्री गर्दा एक वर्षभन्दा बढी समय स्वामित्वमा राखेर बिक्री गरे ७.५ प्रतिशत र एक वर्षभन्दा कम अवधिमा बिक्री गरे १० प्रतिशत पुँजीगत लाभकर लाग्नेछ। सरकारले यो करलाई अन्तिम कर (Final Tax) भनेको छ।

यसअघि भने एक वर्षभन्दा बढी समय स्वामित्वमा राखेर बिक्री गरे सेयर बिक्रीमा ५ प्रतिशत र  एक वर्षभन्दा कम अवधिमा बिक्रीमा ७.५ प्रतिशत लाभकर लाग्ने व्यवस्था थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
Arjun Subedi
Arjun Subedi
1 month ago

Diminish CGT to 3-5 % from 7.5 -10%. Don’t exploit to weaker section of society who have minimum price of share. You can charge any CGT to the rich shareholders based on value of share.

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स