२३ र २४ भदौको जेन–जी बिद्रोहबाट उदाएका सुधन गुरुङलाई बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा शक्तिशाली गृह मन्त्रालय दिइएको छ। मन्त्रिमण्डलमा प्रधानमन्त्री बालेन र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेपछि गुरुङलाई तेस्रो वरीयता प्राप्त भएको हो।
‘हामी नेपाल’का संयोजक गुरुङ जेन–जी बिद्रोहमा पानी बाँड्ने कार्यबाट चर्चित बनेका थिए। उनले २१ फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनमा गोरखा–१ बाट रास्वपा तर्फबाट विजय प्राप्त गरेका थिए।
बालेन निकट मानिएका ३८ वर्षीय सुधनलाई यसपटक अप्रत्याशित रूपमा शक्तिशाली गृह मन्त्रालय दिइएको हो। गृह मन्त्रालयमा डीपी अर्यालदेखि सुनिल लम्सालसम्मको चर्चा थियो, तर सुधनले यो जिम्मेवारी आफ्नो पोल्टामा पारेका छन्।
यसअघि मन्त्री भइसकेका शिशिर खनाल यसपटक परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन् र वरीयतामा सुधनपछिका छन्।


















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया