नाडा अटो शो २०२५ का लागि स्टल बाँडफाँट सम्पन्न, कति स्टलहरू रहने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २० गते
नाडा अटो शो २०२५ का लागि स्टल बाँडफाँट सम्पन्न, कति स्टलहरू रहने ?

आउँदो भदौ ३ देखि ८ गतेसम्म आयोजना हुने नाडा अटो शो २०२५ का लागि स्टल बाँडफाँट सम्पन्न भएको छ। बिहीबार, नाडा (अटोमोबाइल्स एसोसिएसन अफ नेपाल) ले कुल ७५ वटा स्टल बाँडफाँट गरेको जनाएको छ। यस पटक एमएडब्लु ग्रुप अफ कम्पनीले अटो शोको टाइटल स्पोन्सरको भूमिका निभाउने छ।

नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनीमा चार पाङ्ग्रे सवारी साधनका लागि १८ वटा स्टल राखिएको छ भने दुई पाङ्ग्रे र लाइट कमर्शियल भेइकलका लागि क्रमशः ४ र १३ वटा स्टल छुट्याइएको छ। यसैगरी, अटो कम्पोनेन्टका लागि ४० वटा स्टल रहनेछन्।

चार पाङ्ग्रे सवारी साधनको खालमा यसअघिका ब्राण्डहरू जस्तै दिपाल, अवतार, डोङफेङ, नामी, सेरेस, सुजुकी, टेस्ला, एवोन, एक्सपेङ, रिडारा, स्काईवेल, बीवाईडी, फोटोन, विएडब्लु ब्रम्वी, जेवाई एयर, विलाभल, एलएस अटो र जिनपेङका स्टल रहने छन्।

दुई पाङ्ग्रे वर्गमा हिरो, रोयल इनफिल्ड, जोनसेन र यामाहा ब्राण्डहरूको उपस्थिती रहनेछ भने लाइट कमर्शियल भेइकलतर्फ न्यू गोनाउ, डिएफएसके, डोङफेङ, कामा, फोटोन, सोकोन, सिजी केवाईसीरकिङलङ, मोन्त्र, स्काईवर्थ, काईन्यू, कावेरनभेको र सनलङ ब्राण्डका स्टलहरु रहनेछन्।

कम्पोनेन्ट तर्फ, एसियन, गल्फ, डकहाम्स, एटिएस एल्गि, मिशेलिन, एसटिसी राइडरइनर्जी, सिएट, जेके, मानाटेक, टाटा ग्रिन, टोटल इनर्जिज, म्याक र पिएलओ लगायतका ब्राण्डहरूले स्टल बुक गराएका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स