यस वर्ष काठमाडौँमा होलीमा ‘मञ्च र कन्सर्ट’ गर्न नपाइने

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १५ गते
यस वर्ष काठमाडौँमा होलीमा ‘मञ्च र कन्सर्ट’ गर्न नपाइने
Advertisement Ads

काठमाडौं जिल्ला प्रशासन कार्यालयले यस वर्ष होली पर्वमा मञ्च बनाएर सांगीतिक कार्यक्रम सञ्चालन गर्न र मेला-महोत्सव आयोजना गर्न रोक लगाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार यो निर्णय निर्वाचन सुरक्षा र आचारसंहिता पालनाका लागि गरिएको हो।

प्रशासनले सूचनामा खुला सडक वा सार्वजनिक स्थानमा भिड जम्मा गर्ने, मेला-महोत्सव गर्ने, मञ्चमा सांगीतिक कार्यक्रम गर्ने, मादक पदार्थको बिक्री, वितरण वा सेवन गर्ने लगायतका गतिविधि नगर्न अनुरोध गरेको छ। विशेषगरी, होली पर्वलाई निर्वाचन प्रचारमा प्रयोग नगर्न कडा निर्देशन दिइएको छ। निर्वाचन चिह्न वा उम्मेदवारका तस्वीर अंकित भेष्ट, टिसर्ट, कमिज, ज्याकेट, गम्छा, टोपी, क्याप, मास्क, ब्याच, लकेट वा झोला प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ।

साथै, होली पर्वलाई मर्यादित बनाउने उद्देश्यले अरूको इच्छा विपरीत रंग, अबिर वा लोला लगाउने वा फाल्ने काम गर्न पनि रोक लगाइएको छ।

638351324 1426754205568078 5892562801389419939 n https://bajarkochirfar.com/stages-and-concerts-will-not-be-allowed-in-kathmandu-on-holi-this-year | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स