प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मधेस प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन आचारसंहिता उल्लघङ्न हुन नदिन तथा निष्पक्ष तथा शान्तिपूर्ण वातावरण कायम गर्नका लागि योजनाबद्ध रुपमा निर्वाचनको तयारी भइरहेको मधेस–प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

प्रदेशसँग जोडिएका नेपाल –भारत सीमाक्षेत्रमा सुरक्षामा कडाइ गरिएको छ । चेक प्वाइट खडा गरिएको छ भने विशेष निगरानी भइरहेको छ । आठवटै जिल्लाका मतदान केन्द्रहरुको सुरक्षा सन्दर्भमा अनुगमन तथा निरीक्षण भइसकेको सो कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार मधेस–प्रदेशमा दुई हजार १६० मतदानस्थलमध्ये एक हजार २४६ मतदानस्थल अतिसंवेदनशील अवस्थामा छन् । प्रदेशमा भारतीय सीमासँग जोडिएका अधिकांश मतदानस्थल अतिसंवेदनशील छन् । त्यसको अनुगमन तथा सुरक्षाका उपायबारे योजनाबद्ध तरिकाले कार्य अगाडि बढाइएको मधेस–प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाको भनाइ छ । प्रदेशका सबै जिल्लाका सुरक्षा समितिको अध्ययन अनुसार अतिसंवेदनशील वर्गाीकरण गरिएको उहाँले भन्नुभयो ।
मधेस–प्रदेशमा प्रतिनिधिसभाका लागि ३२ वटा निर्वाचन क्षेत्र रहेकामध्ये एक हजार २४६ मतदानस्थल अतिसंवेदनशील अवस्थामा रहेको, ७५५ मतदानस्थल संवेदनशील अवस्थामा रहेको तथा १५९ मतदानस्थल सामान्य अवस्थामा रहेको बताइएको छ ।
सप्तरीमा २९६ मतदान स्थलमध्ये २०९ वटा मतदानस्थल अतिसंवेदनशीलको सूचीमा छन् । त्यस्तै सिरहाका १५४, धनुषाका १९४, महोतरीका १६३, सर्लाहीका १५८, रौतहटका १५२ तथा बाराका १४५ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएको छ ।
मधेश प्रदेशमा कूल चार हजार ४७१ मतदान केन्द्र रहेको जनाइएको छ । निर्वाचनमा प्रदेशमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्रगरी एक हजार २८ जना उम्मेदवार छन् । प्रदेशमा ३५ लाख १७ हजार १२३ मतदाता छन् । जसमा पुरुषको सङ्ख्या १९ लाख पाँच हजार ८१९ तथा महिलाको सङ्ख्या १६ लाख ११ हजार ३०४ रहेको जनाइएको छ ।















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया