सोलु हाइड्रोपावर लिमिटेडले आज मंसिर ७ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ। यस चरणमा कम्पनीले आयोजना प्रभावित सोलुखुम्बुका स्थानीयवासी तथा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्काशन गरेको हो। कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि कुल १ करोड कित्ता सेयर छुट्याएको छ, जसमा ४० लाख कित्ता सोलु दुधकुण्ड नगरपालिका वडा नं. ७ र ११ तथा थुलुङ दुधकोशी गाउँपालिका वडा नं. १ का अति प्रभावित स्थानीयका लागि तोकिएको छ, भने बाँकी ६० लाख कित्ता सोलु दुधकुण्ड नगरपालिका तथा थुलुङ दुधकोशीका अन्य वडाका स्थानीयका लागि खुला गरिएको छ। स्थानीयहरूले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। यस समूहका लागि आवेदन मंसिर २१ गतेसम्म खुला रहनेछ र सो अवधिमा पर्याप्त आवेदन नपरेमा पुस ७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ।
यससँगै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १० लाख कित्ता सेयर छुट्याइएको छ, जहाँ न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। वैदेशिक रोजगारी समूहका लागि आवेदन मंसिर १० गतेसम्म खुला रहन्छ। यी दुवै समूहका लागि आईपीओ बिक्री सम्पन्न भएपछि कम्पनीले सर्वसाधारणका लागि सेयर निष्काशन गर्नेछ। नबिल इन्भेस्टमेन्ट कम्पनीको बिक्री प्रबन्धकको रूपमा रहेको यस आईपीओलाई नेपाल धितोपत्र बोर्डले कार्तिक २४ गते अनुमति दिएको हो। अनुमतिअनुसार कम्पनीले कुल २ अर्ब बराबरका २ करोड कित्ता सेयर निष्काशन गर्नेछ।
आईपीओ आज बिहान १० बजे पछि भर्न सकिनेछ ।




















प्रतिकृया