SHAREHUBSHAREHUB

आईपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्दै स्काइलाइन इन्फ्राको विशेष साधारणसभा सम्पन्न

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख १४ गते
AdvertisementAds
आईपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्दै स्काइलाइन इन्फ्राको विशेष साधारणसभा सम्पन्न
AdvertisementAds

वीरगञ्जमा मुख्य कार्यालय रहेको स्काइलाइन इन्फ्राको विशेष साधारणसभा सम्पन्न भएको छ।

सञ्चालक समिति अध्यक्ष प्रतीक अग्रवालको अध्यक्षतामा सम्पन्न उक्त सभाले कम्पनीको २० प्रतिशत सेयर सर्वसाधारणमा (आईपिओ) जारी गर्ने निर्णय गरेको छ। साथै, यससम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय पनि गरिएको छ।

यसैगरी, संस्थापक समूहतर्फ बाँकी रहेको सेयर प्रिमियममा बिक्री गर्ने अधिकार समेत सञ्चालक समितिलाई दिने निर्णय सभाले गरेको छ।

कम्पनीले सञ्चालनमा ल्याएको होटल संरचनामा ६० कोठा क्षमताको रेस्टुरेन्ट, बैंक्वेट हल, सभा तथा सम्मेलन हल र छुट्टै रुफटप रेस्टुरेन्ट रहेका छन्, जसको व्यवस्थापन भारतीय चेन सरोवरले गर्दै आएको छ। २०८१ सालदेखि सञ्चालनमा आएको होटलले आर्थिक वर्ष २०८१/८२ मा मुनाफा आर्जन गरेको छ भने कम्पनीको नेटवर्थ पनि सकारात्मक रहेको उल्लेख गरिएको छ।

कुल १७५ करोड रुपैयाँ जारी पुँजी रहेको कम्पनीले २० प्रतिशत अर्थात् ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता सेयर जारी गर्ने तयारी गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स