SHAREHUBSHAREHUB

आईपीओ जारी गर्दै स्काईलाईन ईन्फ्रा, बिक्री प्रबन्धकमा हिमालय सेक्युरिटिज

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र १३ गते
AdvertisementAds
आईपीओ जारी गर्दै स्काईलाईन ईन्फ्रा, बिक्री प्रबन्धकमा हिमालय सेक्युरिटिज
AdvertisementAds

स्काईलाईन ईन्फ्रा लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा हिमालय सेक्युरिटिज बैंकर लिमिटेडलाई नियुक्त गरेको छ।

यससम्बन्धी सम्झौता स्काईलाईन ईन्फ्रा र हिमालय सेक्युरिटिज बैंकरबीच सम्पन्न भएको हो। सम्झौताले कम्पनीलाई नयाँ व्यवसायिक यात्रा सुरु गर्न तथा आगामी विस्तारमा महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ।

सम्झौतामा स्काईलाईन ईन्फ्राको तर्फबाट अध्यक्ष प्रतीक अग्रवालसहित सञ्चालक, संस्थापक तथा प्रमुख वित्त अधिकृत सहभागी भएका थिए। त्यस्तै, हिमालय सेक्युरिटिज बैंकरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष बहादुर श्रेष्ठ र नायब महाप्रबन्धक शंकर राजबाहकले हस्ताक्षर गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स