सर्वसाधारणका लागि याम्बालिङ्ग हाइड्रोपावरले कहिलेदेखि निष्काशन गर्दैछ आईपीओ ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ७ गते
सर्वसाधारणका लागि याम्बालिङ्ग हाइड्रोपावरले कहिलेदेखि निष्काशन गर्दैछ आईपीओ ?

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले वैशाख १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले कुल १७ लाख ४३ हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ। यस निष्काशनमा वैशाख २२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनको बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल रहेको छ। नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स