निजी क्षेत्रबाट सञ्चालनमा रहेको सिम्रिक एयर लिमिटेडले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले असार २५ गते वार्षिक साधारणसभा बोलाएको छ। सभाबाट प्रस्ताव पारित भएपछि मात्र आईपीओ प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ।
साथै, कम्पनीले चुक्ता पुँजी वृद्धि गर्न बोनस सेयर वितरणको प्रस्ताव पनि सोही सभामा पेश गर्ने भएको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने र बोनस सेयर वितरणसम्बन्धी प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो।
हालैका दिनमा वायुसेवा कम्पनीहरू पनि आईपीओप्रति आकर्षित भएका छन्। यद्यपि, प्रिमियम र बुकबिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने प्रक्रिया विवादास्पद बन्दै गएको छ। यसै कारण नेपाल धितोपत्र बोर्डले हाललाई स्वीकृति प्रक्रिया रोकिएको छ। यसै सन्दर्भमा संघीय संसद्को अर्थ समितिले गत शुक्रबार धितोपत्र बोर्डलाई कुनै कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्नुअघि न्यूनतम खुद सम्पत्ति (नेट वर्थ) ९० रुपैयाँ हुनु पर्ने र त्यससम्बन्धी विवरण खुलाउन निर्देशन दिएको छ।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया