नेपाल र दक्षिण कोरियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्क (टिआइपीएफ) सम्झौतामा हस्ताक्षर भएको छ। गणतन्त्र दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा कोरिया भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाका समकक्षी इन्क्यो च्योङले कोरियाको राजधानी सिओलमा आयोजित एक समारोहमा हस्ताक्षर गरेका हुन्।
मन्त्री भण्डारीले सम्झौताले दुई देशबीचको कूटनीतिक, सांस्कृतिक, र आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै नेपालमा वैदेशिक लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए।
उनका समकक्षी मन्त्री च्योङले दक्षिण कोरियाली कम्पनीहरूले नेपालमा जलविद्युत् र अटोमोबाइल एसेम्बलजस्ता क्षेत्रमा गरिरहेको लगानीको चर्चा गर्दै टिआइपीएफ सम्झौताले दुई देशबीचको आर्थिक सहकार्य थप सुदृढ बनाउने बताए। उनले एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको सहकार्यबाट सगरमाथा आरोहण सफल भएको उदाहरण प्रस्तुत गर्दै नेपाल र दक्षिण कोरिया एकअर्काका सहयात्री बन्नुपर्ने धारणा व्यक्त गरे।
















प्रतिकृया