सिद्धार्थ क्यापिटल लिमिटेडले ‘सिद्धार्थ इक्विटी फण्ड–२’ नामक नयाँ म्युचुअल फण्ड सार्वजनिक निष्काशनमा ल्याउने भएको छ।
कम्पनीले वैशाख २१ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा कुल १० करोड इकाई निष्काशन गर्न लागेको हो, जसको कुल आकार १ अर्ब रुपैयाँ रहनेछ। यो योजना सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने १२ वर्षे बन्दमुखी म्युचुअल फण्ड हो।
निष्काशन गरिएको कुल इकाईमध्ये १ करोड ५० लाख इकाई प्रवर्धक सिद्धार्थ बैंक लिमिटेडका लागि सुरक्षित राखिएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यो फण्डको आवेदन छिटोमा वैशाख २४ गतेसम्म खुला रहनेछ भने त्यस अवधिमा पूर्ण बिक्री नभएमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नै रहेको छ। लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत वा सिडिएससीको ‘मेरो सेयर’ प्रणाली प्रयोग गरी अनलाइन सि–आस्वा मार्फत आवेदन दिन सक्नेछन्।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया