insta insta

सिद्धार्थ बैंकको नाफा ३ अर्ब ३९ करोड नाघ्यो, वितरणयोग्य मुनाफा तीन गुणाले वृद्धि

सिद्धार्थ बैंकको नाफा ३ अर्ब ३९ करोड नाघ्यो, वितरणयोग्य मुनाफा तीन गुणाले वृद्धि
Advertisement Ads

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा १०.२४ प्रतिशतले बढेर ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

ब्याज आम्दानीमा वृद्धि, सञ्चालन आम्दानीमा सुधार हुदा नाफामा वृद्धि भएको हो।

चौथो त्रैमाससम्ममा सिद्धार्थ बैंकको खुद ब्याज आम्दानी ६.४३ प्रतिशतले बढेर ८ अर्ब ४४ करोड रुपैयाँमा पुगेको छ भने सञ्चालन आम्दानी ११.८२ प्रतिशतले बढेर ११ अर्ब १६ करोड रुपैयाँमा पुगेको छ। यता, इम्पेयरमेन्ट चार्ज १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

बैंकको खराब कर्जा अनुपात ०.४५ प्रतिशतबिन्दुले बढेर २.६२ प्रतिशतमा पुगेको छ।

समीक्षा अवधिमा बैंकले २ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको चुक्ता पूँजी १४ अर्ब ९ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा १ अर्ब ८६ करोड रुपैयाँ र जगेडा कोषमा १६ अर्ब ९० करोड रुपैयाँ सञ्चित रहेको छ। बैंकको प्रतिसेयर आम्दानी बढेर २४ रुपैयाँ १० पैसामा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ९७ पैसा रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

Q4 Bank Nepali 1080 x 1350 px 6 https://bajarkochirfar.com/siddhartha-banks-profit-exceeds-rs-3-39-billion-distributable-profit-increases-threefold | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स