insta insta

शुभश्री अग्नि सिमेन्टले २ अर्ब २ करोड बराबरको आइपीओ जारी गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

शुभश्री अग्नि सिमेन्टले २ अर्ब २ करोड बराबरको आइपीओ जारी गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति
Advertisement Ads

शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेडले साधारण सेयर (आईपिओ) बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा २ करोड २ लाख १० हजार कित्ता सेयर जारी गर्ने प्रस्ताव पेश गरेको हो, जसअनुसार कुल २ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन हुने छ।

उक्त आईपीओ आयोजना प्रभावित स्थानीयबासीहरू र सर्वसाधारण लगानीकर्ताहरूलाई लक्षित गरिएको हो। सेयर बिक्री प्रक्रिया व्यवस्थापनको जिम्मेवारी माछापुच्छ्रे क्यापिटललाई दिइएको छ।

कम्पनीको प्रस्ताव सेबोनको स्वीकृति प्राप्त भएपछि सार्वजनिक निष्काशनको प्रक्रिया अगाडि बढ्नेछ।

Screenshot 2025 06 19 064905 https://bajarkochirfar.com/shubhashree-agni-cement-to-issue-ipo-worth-rs-2-2-billion-seeks-permission-from-securities-and-exchange-board-of-nepal | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स