नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि ‘शिव चन्द्र’ अर्थात् पुरुषोत्तम राज चिमोरियाले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। उनले सोमबार अर्थ मन्त्रालय पुगेर अध्यक्ष पदका लागि आफ्नो आवेदन दर्ता गराएका हुन्।
सामाजिक सञ्जालमार्फत लगानीकर्तामाझ परिचित उनी लामो समयदेखि ‘शिव चन्द्र’ नामकै फेसबुक पेजबाट बजार विश्लेषण र सुझाव दिँदै आएका छन्।
उनका विचार विशेषगरी नयाँ तथा साना लगानीकर्तामाझ लोकप्रिय छन्। पछिल्लो समय नेपाली सेयर बजारमा लगानीकर्ताको संख्या बढ्दै गएको सन्दर्भमा उनका पोस्टहरू धेरैका लागि मार्गदर्शन बनेको प्रतिक्रिया उनको फेसबुक पोस्ट कमेन्टहरुमा देखिन्छ।
यसअघि उनी एशियन क्यापिटल लिमिटेडमा करिब ७ वर्ष प्रमुख लगानी अधिकृतका रूपमा कार्यरत थिए।









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया