SHAREHUBSHAREHUB

धितोपत्र बोर्ड अध्यक्षमा आवेदन दिँदै ‘शिव चन्द्र’

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २० गते
AdvertisementAds
धितोपत्र बोर्ड अध्यक्षमा आवेदन दिँदै ‘शिव चन्द्र’
AdvertisementAds

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन खुला भएसँगै सेयर बजार विश्लेषक ‘शिव चन्द्र’ले अध्यक्ष पदका लागि आवेदन दिने भएका छन्।

सामाजिक सञ्जालमार्फत लगानीकर्तामाझ परिचित उनी लामो समयदेखि ‘शिव चन्द्र’ नामकै फेसबुक पेजबाट बजार विश्लेषण र सुझाव दिँदै आएका छन्। उनको वास्तविक नाम पुरुषोत्तम राज चिमोरिया हो।

उनका विचार विशेषगरी नयाँ तथा साना लगानीकर्तामाझ लोकप्रिय छन्। पछिल्लो समय नेपाली सेयर बजारमा लगानीकर्ताको संख्या बढ्दै गएको सन्दर्भमा उनका पोस्टहरू धेरैका लागि मार्गदर्शन बनेको प्रतिक्रिया उनको फेसबुक पोस्ट कमेन्टहरुमा देखिन्छ।

यसअघि उनी एशियन क्यापिटल लिमिटेडमा करिब ७ वर्ष प्रमुख लगानी अधिकृतका रूपमा कार्यरत थिए।

यसअघि वैशाख ४ गते बोर्ड अध्यक्षबाट सन्तोष श्रेष्ठले राजीनामा दिएका थिए । सरकारले धितोपत्र बोर्ड अध्यक्ष पदका लागि आवेदन खुला गरेको छ, जसअनुसार इच्छुक उम्मेदवारले ७ दिनभित्र अर्थ मन्त्रालयअन्तर्गतको सचिवालयमा आवेदन दिन सक्नेछन्।

AdvertisementAds

उक्त पदका लागि स्नातकोत्तर उपाधि तथा पूँजी बजार, वित्त वा व्यवस्थापन क्षेत्रमा कम्तीमा ७ वर्षको अनुभव आवश्यक पर्ने प्रावधान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स