शिखर पावर डेभलपमेन्टले सर्वसाधारणका लागि दोस्रो चरणको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज फागुन १७ गतेदेखि खुला गर्ने भएको छ।
कम्पनीले कुल १८ लाख ४२ हजार ६०० कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो। यसमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, सीडीएससीको ‘मेरो सेयर’ प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।
निष्कासन छिटोमा फागुन २२ गते र ढिलोमा चैत १ गते बैंकिङ समयपछि बन्द हुनेछ। उक्त आईपीओको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
आईपीओ बिहान १० बजेपछि भर्न सकिनेछ ।













![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)





![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)
प्रतिकृया