Advertisement
Ads

शेरबहादुर देउवा भन्छन्, “युवाहरूलाई उद्यमशीलतामा लगाउन सकेनौं भने विदेशिने खतरा छ”



Advertisement
Ads

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवालाई दक्षता अनुसारको रोजगारी दिनुपर्ने बताएका छन्।

छैटौं एसियाली जनसंख्या सम्मेलनको उद्घाटन सत्रमा बुधबार बोल्दै सभापति देउवाले विश्वको ६० प्रतिशत जनसंख्या रहेको दक्षिण एसियाका राष्ट्रहरूले युवाहरूलाई उनीहरूको दक्षता अनुसारको व्यवस्थापन गर्नु जरूरी रहेको बताए।

‘विश्वको ६० प्रतिशत जनसंख्या रहेको साउथ एसियाका राष्ट्रहरूले युवाहरूलाई उनीहरूको दक्षता अनुसारको व्यवस्थापन गर्नु जरूरी रहेको छ,’ सभापति देउवाले भने, ‘यदि हामीले युवाहरूलाई उत्पादकत्व क्षेत्रमा नवीन आविष्कार सहितको उद्यमशिलतामा लगाउन सकेनौं भने अवसरको खोजीमा विदेशीने खतरा रहेकाले हाम्रा योजना र प्राथमिकता त्यसतर्फ केन्द्रित हुनु जरुरी छ।’


Advertisement

युवाहरूलाई विदेशिनबाट रोकेर उत्पादकत्व क्षेत्रमा लगाउनु नै महत्वपूर्ण हुने पनि सभापति देउवाले बताए।
(न्युज एजेन्सी नेपाल)

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर