शेरबहादुर देउवाले भने, “गभर्नर नियुक्तिमा ढिलाइ भएको राष्ट्र बैंकभित्रकै समस्याले हो, गठबन्धनमा कुनै समस्या छैन्”

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २४ गते
शेरबहादुर देउवाले भने, “गभर्नर नियुक्तिमा ढिलाइ भएको राष्ट्र बैंकभित्रकै समस्याले हो, गठबन्धनमा कुनै समस्या छैन्”

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा कुनै पाटीगत वा गठबन्धन सम्बन्धी समस्या नभएको स्पष्ट पारेका छन्। सानेपामा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्र बैंकभित्रकै समस्या नै गभर्नर नियुक्ति प्रक्रिया ढिलो हुनुको मुख्य कारण भएको बताए।

देउवाका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीको कारणले गभर्नर नियुक्तिमा ढिलाइ भएको होइन। उनले भने, “वर्तमान गठबन्धनमा कुनै समस्या छैन। ढिलाइ हुनु राष्ट्र बैंकभित्रकै समस्याले हो।”

गभर्नर महाप्रसाद अधिकारी २४ चैतमा अवकाशमा गएपछि राष्ट्र बैंक गभर्नरविहीन भएको एक महिना पुगिसकेको छ। राष्ट्र बैंक ऐनअनुसार, गभर्नरको कार्यकाल समाप्त हुनु एक महिना अगावै नयाँ गभर्नरको सिफारिस गर्नुपर्ने व्यवस्था छ। तर, अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बनेको सिफारिस समितिको बैठकसमेत हालसम्म बस्न सकेको छैन।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स