नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी आरिफ शेख र आशिफ शेख पुस २० गते वैवाहिक बन्धनमा बाँधिन लागेका छन्। पर्साको वीरगञ्ज महानगरपालिका-१२ निवासी यी दाजुभाइ मुस्लिम परम्पराअनुसार विवाह गर्दैछन्। आरिफले सबाना खातुनसँग र आशिफले आरजु अन्सारीसँग विवाह गर्ने पारिवारिक स्रोतले जनाएको छ।
हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) खेलेका शेख दाजुभाइ एनपीएललगत्तै विवाहको तयारीमा छन्। आरिफले सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए भने आशिफ जनकपुर बोल्ट्सका मार्की खेलाडी र केही खेलका कप्तान थिए। एनपीएलको फाइनलमा आशिफकै टोली जनकपुर बोल्ट्सले सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको थियो।
विवाहको रिसेप्सन पुस २० गते वीरगञ्जमा आयोजना हुँदैछ। अहिले दुवै दाजुभाइ विवाहको निमन्त्रणा कार्ड बाँड्न व्यस्त छन्।
२६ वर्षीय आरिफ शेख नेपाली राष्ट्रिय टिमका अलराउन्डर हुन्। उनले सन् २०१४ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेका हुन् र नेपाल पुलिस क्लबबाट पनि खेलिरहेका छन्। २३ वर्षीय आशिफ शेख भने ब्याट्सम्यान तथा विकेटकिपर हुन्, जसले सन् २०२१ देखि अन्तर्राष्ट्रिय खेल खेल्न थालेका छन्।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया