५० करोड लिएर फेरि आउँदैछन् ‘शार्क’हरू: लगानी खोजिरहेका व्यवसायीका लागि आवेदन खुला

५० करोड लिएर फेरि आउँदैछन् ‘शार्क’हरू: लगानी खोजिरहेका व्यवसायीका लागि आवेदन खुला
Advertisement Ads

विश्व चर्चित व्यवसायिक रियालिटी शो शार्क ट्याङ्क नेपालको दोस्रो सिजन प्रसारण हुने भएको छ । पहिलो सिजनको सफलतापछि हिमालय टेलिभिजनले दोश्रो सिजनका लागि आवेदन खुला गरेको जानकारी दिएको हो ।

दोश्रो सिजनमा सहभागी भई लगानी जुटाउन चाहने उद्यमीहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । आवेदन फाराममा व्यवसायको प्रकृति, संस्थापकहरूको विवरण, हालसम्मको लगानी, बिक्री अवस्था तथा अपेक्षित लगानी रकम लगायतका विवरण अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ । साथै, आवेदक नेपाली नागरिक हुनुपर्ने, नेपालमा दर्ता भएको व्यवसाय सञ्चालनमा रहेको हुनुपर्ने छ ।

आवेदनपछि छनोटमा परेका व्यवसायलाई मात्रै कार्यक्रममा सहभागी गराइनेछ, जहाँ उद्यमीहरूले आफ्ना आइडिया “पिच” गर्दै लगानीकर्ता ‘शार्क’ सँग लगानीका लागि प्रस्ताव राख्नेछन् ।

दुई साताभित्र आवेदन दिने उद्यमीहरूको स्क्रिनिङ प्रक्रिया पूरा भएपछि बैशाखमा सुटिङ गर्ने तालिका रहेको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले जानकारी दिए ।

पहिलो सिजनमा करिब ८० उद्यमीका आइडिया प्रसारण भएका थिए, जसबाट करिब ३५ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता थियो ।

Advertisement Ads

पहिलो सिजनमा हेमराज ढकालले १४ वटा व्यवसायमा १२ करोड, क्याबिनेट श्रेष्ठले १७ वटा व्यवसायमा ९.९ करोड, आनन्द बगरियाले ११ वटा व्यवसायमा ५.८ करोड, सौरभ ज्योतिले १५ वटा व्यवसायमा ५.५ करोड र ऋतु सिंह वैद्यले ८ वटा व्यवसायमा ४ करोड लगानी प्रतिबद्धता गरेका थिए।

यस सिजनमा करिब ५० करोड रुपैयाँ बराबरको लगानी जुटाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

653830244 1415909829739506 72547357498382722 n 1 https://bajarkochirfar.com/sharks-are-coming-again-with-500-million-applications-open-for-entrepreneurs-seeking-investment | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स