निसान र होन्डाबीच मर्जर नहुने भएपछि दुवै कम्पनीको सेयर मूल्यमा वृद्धि

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २ गते
निसान र होन्डाबीच मर्जर नहुने भएपछि दुवै कम्पनीको सेयर मूल्यमा वृद्धि

निसान र होन्डाले संयुक्त रूपमा मर्जर वार्ता समाप्त गर्ने घोषणा गरेका छन्। निसान र होन्डाबीच सम्भावित मर्जर नहुने भएपछि दुवै कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ। बिहीबार निसानको सेयर ८.१७ प्रतिशतले बढेर ४४९ येन पुगेको थियो भने होन्डाको सयर ४.४६ प्रतिशतले बढेर १,४९८ येनमा पुगेको थियो।

निसानले आर्थिक वर्ष २०२६ भित्र कूल ४०० अर्ब येन (२.६ अर्ब अमेरिकी डलर) ले स्थिर र परिवर्तनशील लागत घटाउने लक्ष्य राखेको छ। यस योजनाअन्तर्गत, कम्पनीले करिब नौ हजार रोजगारी कटौती गर्ने जनाएको छ।

निसानले अप्रत्यक्ष रूपमा २,५०० कर्मचारी कटौती गर्न स्वैच्छिक पृथकीकरण कार्यक्रम लागू गर्ने, नयाँ कर्मचारी भर्ना रोक्ने, र सञ्चालनलाई व्यवस्थित गर्ने योजना बनाएको छ। साथै, आर्थिक वर्ष २०२५ को पहिलो त्रैमासिकमा तीन वटा प्लान्ट बन्द गर्ने निर्णय गरिएको छ।

थाइल्याण्ड र संयुक्त राज्य अमेरिकामा रहेका निर्माणस्थलहरू बन्द गर्दा आर्थिक वर्ष २०२५ मा ५,३०० रोजगारी कटौती हुनेछ भने अर्को वर्ष थप १,२०० रोजगारी कटौती गरिनेछ। निसानले शीर्ष व्यवस्थापन पदहरूमा समेत २० प्रतिशतले कटौती गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स