नेप्सेको बजार पूंजीकरण ४१ खर्ब ९९ अर्ब रुपैयाँमा झरेको छ। असोज २ गते सोमबारका दिन १० दिनपछि सेयर कारोबार खुल्यो। १० दिनपछि कारोबार खुलेको केहि मिनेटमै नेप्से सूचक ४% ले घट्यो। नेप्सेको सर्किट ब्रेकरको नियम अनुसार यदि कारोबार खुलेको पहिलो घण्टामा नेप्से ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटका लागि कारोबार स्थगित गर्ने गरिन्छ। कारोबार सुरु भएको दोश्रो घण्टामा नेप्से परिसूचक ५ प्रतिशतले घटे वा बढे ४० मिनेट कारोबार स्थगित हुन्छ भने कारोबार सुरु भएको तेस्रो घण्टामा नेप्से परिसूचक ६ प्रतिशतले घटे वा बढे पुरै दिनको कारोबार बन्द गरिन्छ। सोहि नियम अनुसार सोमबार कारोबार बन्द भएको भयो। जम्माजम्मी ५ मिनेट कारोबार भएको बजार १६०.३३ अंकले घट्दा नेप्से सूचक २५११.९१ को बिन्दुमा आईपुगेको छ।
नेप्से सूचक १६०.३३ अंकले घट्दा बजार पूंजीकरण भने २ खर्ब ६८ अर्बले घटेको छ। भदौ २३ गते पछि सेयर कारोबार एकैपटक अशोज २ गते कुलेको हो। भदौ २३ मा बजार पूंजीकरण (मार्केट क्यापिटलाइजेसन) ४४ खर्ब ६७ अर्ब रुपैयाँ थियो। सोमबार जम्मा ७२ करोड ८७ लाख रुपैयाँ आसपासको सेयर कारोबार हुँदा लगानीकर्ताको सम्पत्ति भने खरबौंले घटेको हो।
















![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)




प्रतिकृया