नेपालमा सेयर बजारसम्बन्धी जानकारी र विश्लेषण प्रदान गर्ने एपहरूमध्ये ‘शेयर हब’ १० लाख डाउनलोड पार गर्ने पहिलो एप बनेको छ। हाल यो एप नेपालमा सबैभन्दा धेरै प्रयोग हुने सेयर विश्लेषण प्लेटफर्मका रूपमा स्थापित भइसकेको छ।
‘शेयर हब’ एपले लगानीकर्तालाई सेयर बजारसम्बन्धी आवश्यक जानकारी सहज रूपमा उपलब्ध गराउँदै आएको छ। यसमा कम्पनीहरूको विस्तृत विवरण, सेयर मूल्यको अद्यावधिक जानकारी, पोर्टफोलियो व्यवस्थापन, वाचलिस्ट र प्राइस अलर्टजस्ता उपयोगी सुविधाहरू समावेश छन्।
सुरुवातमा सेयर बजारका आधारभूत तथ्यांक, मूल्य परिवर्तन र विश्लेषणलाई सरल बनाउने उद्देश्यसहित सुरु गरिएको यो एप अहिले लाखौँ लगानीकर्ता तथा ट्रेडरहरूको भरोसायोग्य डिजिटल प्लेटफर्मका रूपमा विकास भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको विस्तृत विवरण, रियल टायम अपडेट, पोर्टफोलियो व्यवस्थापन, वाचलिस्ट, प्राइस अलर्ट तथा P/E Ratio र EPS जस्ता आधारभूत सूचकहरू एपमा उपलब्ध छन्।
एपले डेटा उपलब्ध गराउने मात्र नभई प्रयोगकर्तालाई सहज चार्टिङ टुलमार्फत प्राविधिक विश्लेषण गर्न पनि सहयोग गरेको छ।
लकडाउनमा सुरु, छोटो समयमा ठूलो उपलब्धि
‘शेयर हब’ सन् २०२१ मा लकडाउनका बेला सुरु गरिएको हो। सञ्चालक सागर श्री न्यौपाने र उनका सहकर्मीहरूले नेपाली सेयर बजारका लागि उपयोगी एप बनाउने सोचसहित यसको थालनी गरेका थिए। सन् २०२१ मार्च १६ मा एन्ड्रोइड प्ले स्टोरमार्फत सार्वजनिक गरिएको यो एप दुई महिनापछि, मे १७ मा आईओएसमा पनि उपलब्ध गराइएको थियो।
त्यतिबेला सेयर बजारमा अध्ययन गर्ने राम्रो स्रोत नहुँदा र भएका सेवाहरू पनि महँगो भएको देखेर उनीहरूले यस्तो एप बनाउने निर्णय गरेका थिए। लगानीकर्तालाई सजिलो, उपयोगी र निःशुल्क सेवा दिने उद्देश्यले ‘शेयर हब’ सुरु गरिएको हो।
हाल एपमा सेयर बजारसँग सम्बन्धित ५० भन्दा बढी सुविधा उपलब्ध छन्, जसले लगानीकर्तालाई एउटै प्लेटफर्मबाट आवश्यक जानकारी प्राप्त गर्न सहज बनाएको छ।
डेभलपर टिमले आगामी दिनमा थप उन्नत सुविधा, डेटा–आधारित अन्तर्दृष्टि, एआईमा आधारित विश्लेषण तथा प्रयोगकर्ता अनुभवलाई अझ सहज बनाउने अपडेटहरू ल्याउने योजना बनाएको छ।
शेयर हबले लगानीकर्ताको लागि उपयोगी सुविधाहरु मोबाइल एप्लिकेशनसँगै आधिकारिक वेबसाइट sharehubnepal.com मार्फत पनि प्राप्त गर्न सकिने बनाएको छ।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया