instainsta

शंकर ग्रुपले पनि सुरु गर्यो विद्युतीय गाडीको बिक्री, भित्र्यायो ‘ई मास ७’

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन ७ गते
शंकर ग्रुपले पनि सुरु गर्यो विद्युतीय गाडीको बिक्री, भित्र्यायो ‘ई मास ७’
AdvertisementAds

नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो रुचिलाई ध्यानमा राख्दै व्यापारिक घराना शंकर ग्रुपले पनि विद्युतीय गाडीको व्यापार सुरु गरेको छ। कम्पनीले शुक्रबार ‘ई मास ७’ सार्वजनिक गर्दै यसको बिक्रीवितरण थालेको हो। शंकर ग्रुपअन्तर्गत जगदम्बा मोटर्सले नेपाली बजारमा मलेसियन ब्रान्ड प्रोटोनका गाडी बिक्री गर्दै आएको छ। यसै क्रममा कम्पनीले चिनियाँ कम्पनी जिली होल्डिङ्ससँगको सहकार्यमा उत्पादन भइरहेको ‘ई मास ७’ नेपाली बजारमा भित्र्याएको हो।

कम्पनीका अनुसार, ‘ई मास ७’ मा १६० किलोवाट पावरको मोटर जडान गरिएको छ। नेपालमा यो गाडी छ वटा रंगमा उपलब्ध छ भने यसको सुरुवाती मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

यस गाडीमा ४९.५२ किलोवाट-आवर र ६०.२२ किलोवाट-आवरका दुई ब्याट्री अप्सन उपलब्ध छन्। बेस मोडलमा ३४५ किलोमिटर रेन्जका साथ १८ इन्चको अलोय ह्विल, १५.४ इन्चको टचस्क्रिन, रिमोट कन्ट्रोल र लेभल २ एडास फिचर्स दिइएको छ। टप भेरियन्टमा ४१० किलोमिटर रेञ्ज, १९ इन्चको अलोय ह्विल र फ्रन्ट भेन्टिलेटेड सिट उपलब्ध छन्।

ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै जगदम्बा मोटर्सले ४.९९ प्रतिशत ब्याजदरमै फाइनान्सिङ अफर ल्याएको छ। गाडी खरिद गर्न ४० प्रतिशत डाउन पेमेन्ट गरेपछि ग्राहकले किस्ताबन्दीमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स