‘अन्तिम १५ मिनेट औसत’ विधि पुनः समीक्षा गर्दै धितोपत्र बोर्ड: सेबोनले बनायो अध्ययन समिति

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र १७ गते
‘अन्तिम १५ मिनेट औसत’ विधि पुनः समीक्षा गर्दै धितोपत्र बोर्ड: सेबोनले बनायो अध्ययन समिति
AdvertisementAds

नेप्से परिसूचकको अन्तिम १५ मिनेटको मूल्यको आधारमा औसत निकाल्ने अभ्यास आवश्यक छैन कि भन्ने निष्कर्ष निकाल्न धितोपत्र बोर्डले अध्ययन सुरु गरेको छ।

यो विधि गत चैत ७ गतेबाट लागू भएको थियो। तर धेरै लगानीकर्ताले यसप्रति असन्तुष्टि जनाएपछि बोर्डले चार सदस्यीय समिति बनाएर अनुसन्धान सुरु गरेको हो।

उपनिर्देशक दीपेश ताम्राकारको संयोजकत्वमा चार सदस्यीय अध्ययन समिति गठन गरिएको हो।

सुरुमा अन्तिम समयमा सेयरको मूल्य कृतिम रुपमा बढाएर बजारमा हुने चलखेल रोक्ने उद्देश्यले यो नियम लागू गरिएको थियो। तर, अहिले लगानीकर्ताहरूको यो नीतिले बजार बढ्न नदिएको हुनाले नियम हटाउनुपर्ने बताइरहेका छन्।

लगानीकर्ताहरुले यो खारेज गर्न माग गर्दै नेप्सेमा निवेदन नै दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स