सर्वसाधारणका लागि सालपा विकास बैंकको आईपीओ आजदेखि खुल्यो, कहिलेसम्म भर्न सकिने ?

सर्वसाधारणका लागि सालपा विकास बैंकको आईपीओ आजदेखि खुल्यो, कहिलेसम्म भर्न सकिने ?
AdvertisementAds

सालपा विकास बैंक लिमिटेडले आज  पुस १६ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। बैंकले सर्वसाधारणलाई १४ लाख ३९ हजार १७९ कित्ता सेयर निष्काशन गर्न लागेको हो।

यस आईपीओमा पुस २० गतेसम्म आवेदन दिन सकिनेछ। आवेदन गर्दा न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पाएको छ।

बैंकले यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरिसकेको छ।

नेपाल धितोपत्र बोर्डले मङ्सिर ८ गते सालपा विकास बैंकलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। बैंकले कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ।

बैंकले आईपीओ निष्काशनको अनुमति माग गर्दै गत वैशाख २३ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो।

AdvertisementAds

आईपीओ बिहान १० बजेपछि भर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स