सागर डिष्टिलरीको आईपीओ निष्काशन स्थगित, अब कहिले खुल्ने ?

सागर डिष्टिलरीको आईपीओ निष्काशन स्थगित, अब कहिले खुल्ने ?

सागर डिष्टिलरीले भदौ २५ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गर्न लागेको आईपीओ अर्को सूचना जारी नभएसम्म स्थगित गरेको छ। बुधबार कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जारी गरेको सूचनामा हाल मुलुकमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै सार्वजनिक निष्काशन प्रक्रिया स्थगित गरिएको जनाइएको छ।

कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत बराबर १४ करोड ५२ लाख रुपैयाँको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। यसमा १० प्रतिशत १ लाख ४५ हजार २०० कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि बाँडफाँड गरिसकेको छ।

त्यस्तै, ५ प्रतिशत ७२ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४३ हजार ५६० कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ।

अब कम्पनीले सर्वसाधारणका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको ११ लाख ९० हजार ६४० कित्ता सेयर निष्काशन गर्न लागेको थियो।

notice 1308638461 https://bajarkochirfar.com/sagar-distillerys-ipo-issuance-postponed-when-will-it-open-now | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स