प्रतिनिधिसभाअन्तर्गतका १० वटा समितिमा सभापति निर्विरोध चयन हुने भएका छन्। यता, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा भने प्रतिस्पर्धा हुने भएको छ। उक्त समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ओजस्वी शेरचन र नेकपा एमालेका गुरु बरालबीच प्रतिस्पर्धा हुने भएको हो।
बिहीबार दिउँसो १ बजेदेखि ४ बजेसम्म भएको मनोनयन प्रक्रियामाती समितिहरूमा एकल उम्मेदवारी परेपछि सभापति चयन निर्विरोध हुने निश्चित भएको हो। सम्बन्धित समितिको आगामी बैठकले औपचारिक रूपमा उनीहरूलाई निर्विरोध सभापति घोषणा गर्नेछ।
निर्विरोध हुने सभापतिहरूमा कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बाँस्कोटा, कृषि तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी रहेका छन्।
त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, उद्योग, वाणिज्य तथा श्रम समितिमा रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास तथा अर्थ समितिमा कृष्णहरि बुढाथोकीको एकल उम्मेदवारी परेको छ। संयुक्त समितिअन्तर्गत संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठ चयन हुने भएका छन्।
यसैगरी, सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरतबहादुर खड्काको एकल उम्मेदवारी परेको छ, जसका कारण उक्त समितिमा पनि उनी निर्विरोध चयन हुने भएका छन्।















![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




प्रतिकृया