मोबाइल बैंकिङ सफ्टवेयर बनाउने ‘एफवन सफ्ट’को खाताबाट ३ करोड ४२ लाख चोरी

मोबाइल बैंकिङ सफ्टवेयर बनाउने ‘एफवन सफ्ट’को खाताबाट ३ करोड ४२ लाख चोरी

फिनटेक कम्पनी एफवन सफ्ट ग्रुपको बैंक खातामा अनधिकृत पहुँच पुर्‍याएर ठूलो रकम चोरी भएको घटना सार्वजनिक भएको छ। करिब दुई महिनाअघि एफवन सफ्टले आफ्नो सिस्टममा कसैले अनधिकृत पहुँच पुर्‍याई रकम चोरी गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएको थियो।

साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले बजारको चिरफारसँग कुरा गर्दै यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए। उनले घटनाको संवेदनशीलताका कारण थप विवरण हाललाई सार्वजनिक गर्न नसकिने वताए।

ह्याकरहरूले एफवन सफ्टको सिटिजन्स बैंक इन्टरनेसनलमा रहेको खाताबाट ३ करोड ४२ लाख रुपैयाँ अनलाइन बैंकिङ प्रणालीमार्फत चोरी गरेको नयाँ पत्रिकाले उल्लेख गरेको छ।

एफवन सफ्ट, इसेवा र फोनपे जस्ता डिजिटल भुक्तानी प्रणाली सञ्चालन गर्ने प्रमुख कम्पनी हो। यसले बैंकहरूका लागि इन्टरनेट तथा मोबाइल बैंकिङ प्रणालीको विकास, व्यवस्थापन, र सञ्चालन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स