राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा काठमाडौंका सडकमा र बिरुवामा क्षति गरेको भन्दै काठमाडौं महानगरपालिकाले तोकेको एक लाख रुपैयाँ जरिवाना सोमबार बुझाएको छ। आइतबार भएको जनप्रदर्शनपछि महानगरले फोहोरमैला व्यवस्थापन ऐन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, र आर्थिक ऐनअनुसार जरिवाना तोकेको थियो।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगर प्रहरीलाई जरिवाना रकम हस्तान्तरण गरेका हुन्। शाहीले फेसबुकमार्फत जनप्रदर्शनका क्रममा केही नचाहिँदो क्षति भएको स्वीकार गर्दै राप्रपाले सुशासन र विधिको शासनलाई सम्मान गरेको बताएका छन्। जनप्रदर्शनमा सहभागीहरूले एयरपोर्ट–तिलगंगा क्षेत्र र गौशलालगायत स्थानमा फोहोर तथा भौतिक क्षति भएको महानगरले दाबी गरेको थियो।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया