मेयर साम्पाङको मागमा खानेपानीका मन्त्री यादव भन्छन्, “एडीबीको ऋण लिएर भए पनि आयोजना अघि बढाउँछौँ”

मेयर साम्पाङको मागमा खानेपानीका मन्त्री यादव भन्छन्, “एडीबीको ऋण लिएर भए पनि आयोजना अघि बढाउँछौँ”

धरानका मेयर हर्क साम्पाङले खानेपानी समस्याको स्थायी समाधानका लागि बजेटको माग गर्दै काठमाडौं आएका छन्।

मंगलबार उनले अर्थमन्त्री विष्णु पौडेल र खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवलाई भेटेर धरानमा कोसीको पानी ल्याउने योजना अनुसार बजेट उपलब्ध गराउन ध्यानाकर्षण गराए। मेयर साम्पाङले संघीय सरकारले तयार पारेको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) अनुसार बजेट पाउनुपर्ने माग राखेका छन्।

खानेपानी मन्त्री यादवले आयोजना डीपीआर अनुसारै अघि बढ्ने र त्यसका लागि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोग लिइने बताएका छन्।

‘५ अर्ब ७३ करोडको डीपीआर तयार भइसकेको छ। त्यसकै आधारमा टेन्डर निकालिन्छ, र खानेपानी मन्त्रालयले यसलाई सम्बोधन गर्न प्रतिवद्ध छ,’ मन्त्री यादवले भने।

आयोजनाका लागि आवश्यक स्रोतबारे प्रश्नमा मन्त्री यादवले एडीबीको ऋण प्रयोग गरिने जानकारी दिए। उनले भने, ‘धरानको समस्या समाधानका लागि केही समयअघि मैले अर्थमन्त्रीसँग छुट्टै छलफल गरेको थिएँ। उहाँले एडीबीको ऋण सहयोगमार्फत बजेटको व्यवस्था गरिने बताइसक्नुभएको छ। त्यसैले समस्या समाधानमा एडीबीको सहयोग लिनेछौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स