८ महिनामा भित्रियो १० खर्ब ५१ अर्ब रेमिट्यान्स, फागुन अहिलेसम्मको एकै महिनाकै उच्च

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २७ गते
८ महिनामा भित्रियो १० खर्ब ५१ अर्ब रेमिट्यान्स, फागुन अहिलेसम्मको एकै महिनाकै उच्च

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालमा १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.४ प्रतिशतले बढी हो।

अमेरिकी डलरमा हेर्दा, आठ महिनामा नेपालमा ७ अर्ब ७४ करोड डलर बराबरको रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.९ प्रतिशतले बढी हो।

राष्ट्र बैंकका अनुसार, फागुन महिनामा मात्रै १ खर्ब ५१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन एकै महिनामा हालसम्मकै सबैभन्दा धेरै हो। यसअघि असोज महिनामा १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो, जुन अघिल्लो कीर्तिमानी रेकर्ड हो।

माघ मसान्तसम्म कुल ९ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा फागुन महिनासहितको कुल रकम १० खर्ब ५१ अर्ब रुपैयाँ पुगेको हो। यो वृद्धिदरलाई हेर्दा गत आर्थिक वर्ष २०८०/८१ मा भित्रिएको हालसम्मकै उच्च १४ खर्ब ४५ अर्ब रुपैयाँको कीर्तिमान यस वर्ष तोडिने सम्भावना उच्च रहेको देखिन्छ।

त्यस्तै, यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीहरूको संख्या ३ लाख १७ हजार ६८ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेहरूको संख्या २ लाख १७ हजार ४०३ रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स