काठमाडौं: चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा ६ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय विवरणअनुसार, यो अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले वृद्धि भएको हो।
गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो। राष्ट्र बैंकका अनुसार मंसिर महिनामा मात्रै १ खर्ब १८ अर्ब रेमिट्यान्स भित्रिएको छ, जुन कात्तिकको तुलनामा ४ अर्बले बढी हो। कात्तिकमा १ खर्ब १४ अर्ब रेमिट्यान्स भित्रिएको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ। चालु वर्षको मंसिरसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ९० हजार ३८४ रहेको छ। यसमध्ये पुनः श्रम स्वीकृति लिने संख्या १ लाख ३५ हजार ४२५ छ। गत वर्षको सोही अवधिमा यो संख्या क्रमशः १ लाख ७१ हजार ९७५ र १ लाख २ हजार ५४२ थियो।













![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-768x432.png)


![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया