रिलाइन्स स्पिनिङ मिल्सले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओ आज पुस १ गते बाँडफाँड हुँदै छ।
बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आईपीओको सेयर बाँडफाँड आज बिहान गरिनेछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली लगानीकर्ताका लागि मङ्सिर २२ गतेदेखि २५ गतेसम्म १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्काशन गरेको थियो।
निर्धारित अवधिभित्र यस आईपीओमा ३६ हजार ८२ जना आवेदकबाट २० लाख १ हजार ४७० कित्ताका लागि आवेदन परेको थियो। मागभन्दा धेरै आवेदन परेपछि यो आईपीओ बाँडफाँड गर्दा न्यूनतम ५० कित्ताको दरले सेयर वितरण हुने जनाइएको छ।
कम्पनीले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाको दरमा आईपीओ निष्काशन गरेको हो। यसअघि बुक बिल्डिङ निर्देशिकाबमोजिम बोलकबोल प्रणालीमार्फत योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६४० कित्ता सेयर बाँडफाँड गरिएको थियो, जसमा कटअफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ निर्धारण भएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिँदा सर्वसाधारणका लागि प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा कायम गरिएको हो।



















प्रतिकृया