नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई प्राथमिक सेयर (आईपीओ) जारी गर्न अनुमति दिएको छ।
यसअघि आईपीओ रोक्का सम्बन्धी विवादमा पाटन उच्च अदालतले रिलायन्सको पक्षमा परमादेश जारी गरेको थियो। अदालतकै सो आदेशलाई आधार मान्दै बोर्डले ग्लोबल आईएमई क्यापिटललाई पत्र पठाई सार्वजनिक निष्कासन प्रकृया अघि बढाउन निर्देशन दिएको हो।
धितोपत्र बोर्डले मंगलबार निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई दिएको पत्रमा, ‘उच्च अदालत पाटनबाट मिति २०८१ असार १२ मा भएको स्वीकृति बमोजिम निवेदक कम्पनीको सेयर निष्काशन सम्बन्धमा कानूनबमोजिम आवश्यक निकाशा दिनु भनी परमादेशको आदेश जारी भए अनुसार उक्त कम्पनीको सार्वजनिक निष्काशन सम्बन्धी प्रकृया अगाडी बढाउनुहुन जानकारी गराइन्छ ।’ भनिएको छ।
रिलायन्स स्पिनिङ मिल्स गोल्यान समूहअन्तर्गतको प्रमुख उद्योग हो। हाल यसको नेतृत्व समूहका तेस्रो पुस्ताका प्रतिनिधि अक्षय गोल्यानले सम्हालिरहेका छन्।










![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)






![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया